धनगढीमा निषेधाज्ञा

कर्णाली अनलाइन १५ मंसिर २०७९, बिहीबार १९:४५

सुर्खेत। जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ। बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना प्रकाशित गरी धनगढीलाई निषेधित क्षेत्र घोषणा गरिएको जनाएको छ।

धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्यु भएपछि तनाव भएको थियो। विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गरेका थिए भने जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्। उनीहरुले सडकमा टायर जलाउँदै प्रदर्शन गरेका हुन्।

आज बिहान धनगढी उपमहानगरपालिका–५ तारानगरकी चेतना साउँदको हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साउँदको शव सेती प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिलाे पटक क्वाटर फाइनल प्रवेश गर्ने दाउमा जापान

१५ मंसिर २०७९, बिहीबार १९:४५
काठमाडौं।सन् १९१७ मा चीनसँग पहिलो अन्तरराष्ट्रिय खेल खेलेको जापान फुटबल टिम यतिवेला फिफा वरीयतामा २४ औँ नम्बरमा छ। सातौँपटक विश्वकपमा सहभागी भएको जापानले बिहीवार रातिको खेलमा उपाधिको दाबेदार स्पेनलाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ। समूह चरणको पहिलो खेलमा चारपटकको विश्वविजेता जर्मनीलाई हराउँदै जापानले विश्वकपको विजयी शुरुवात गरेको थियो। […]