कर्णालीका ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

कर्णाली अनलाइन ११ माघ २०७९, बुधबार २१:१९

सुर्खेत।​कर्णाली प्रदेशमा आज चारजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन्। पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त राजकुमार शर्माले बुधबार मन्त्रिमण्डललाई पूर्णता दिएका हुन्।

मन्त्रिमण्डलमा नेकपा एमालेका तर्फबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री टेकराज पछाई र जितबहादुर मल्लले उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीको शपथ लिए। यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट भीमप्रकाश शर्माले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा योजनामन्त्रीको शपथ लिए।​

यसैगरी पुस २८ गते विनाविभागीय मन्त्री नियुक्त एमालेका विनोदकुमार शाहले आर्थिक मामिला तथा योजनामन्त्री र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन्। यो मन्त्रिमण्डलमा दलित, महिला कुनै पनि सहभागी छैनन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतले आज ७४औँ गणतन्त्र दिवस मनायो

११ माघ २०७९, बुधबार २१:१९
काठमाडौं।​भारतले आज ७४ औं गणतन्त्र दिवस मनाउँदैछ। यस अवसरमा भारतले विभिन्न कार्यक्रम गरेको छ। कर्तव्य पथमा सरकारले भव्य कार्यक्रमको आयोजना गरेको छ।  इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेको छ। र, सो अवसरमा इजिप्टको सेनाले पनि परेड गर्नेछ। इजिप्टका १४४ जना सेनाको टुकडी पनि आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सन् […]