काठमाडौं। नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको दाबी गरेको छ।
मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने अवस्था रहेको बताएको हो।
एमालेले एमसीसीलाई विवादित बनाउने कार्य गरेको आरोप एकीकृत समाजवादीको छ। एमसीसीबारे १२ बुँदे व्याख्यात्मक घोषणाले जनतामा रहेको भ्रम पनि हटेको नेपालको दाबी छ। एमसीसीबारे व्याख्यात्मक घोषणा आएपछि नै पार्टी स्पष्ट भएर यसको पक्षमा उभिएको बताए।
उनले भने,‘एमसीसीबारे पार्टीले स्पष्ट भएर अघि बढ्नुपर्छ भनेर निर्णय गरेको थियो। त्यसलाई प्रस्ट पार्नका लागि १२ बुँदे व्याख्यात्मक घोषणा आएको र त्यसमा विश्वास गर्ने आधार बनेको हो। अहिले जनता पनि प्रस्ट भएका छन्, जनताको भावनाको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत समाजवादी हो।’

