नेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ? (सूचीसहित)

कर्णाली अनलाइन १९ माघ २०७९, बिहीबार २१:५१

काठमाडौँ।नेपाल प्रहरीका ९५ जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बिहीबार ९५ जना एसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुलाई माघ महिनादेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको हो।

नेपाल प्रहरी पहरा गण सामाखुसीमा रहेका एसपी कोमल शाहलाई जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा गरिएको छ भने नेपाल प्रहरी विशेष प्रहरी सुरक्षा गण जनकपुरमा कार्यरत ज्ञानेन्द्रबहादुर फुँयाललाई जिल्ला प्रहरी कार्यालय उदयपुर पठाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँमा रहेका दिनेशराज मैनाली काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंज सरुवा भएका छन्।

यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान रणनीति तथा कार्य योजनामा रहेका अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय गोरखामा सरुवा भएको छ।

यस्तै, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा रामशाह पथ काठमाडौँमा कार्यरत अवदेश विष्ट क्षेत्रीको जिल्ला प्रहरी कार्यालय तनहुँ सरुवा भएको छ

कसको सरुवा कहाँ? यस्तो छ सूचीः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा पानीमा डुबेर एक जनाको मृत्यु

१९ माघ २०७९, बिहीबार २१:५१
सुर्खेत । सुर्खेतमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका–६ मा रहेको एक खोलाको बीचभागमा पानीमा डुबेर एक जनाको मृत्यु भएको हो।प्रहरीका अनुसार मृत्यु हुनेमा सोही वडाका २२ वर्षीया दिपक सुनार रहेका छन्। मृतक दिपकको शव बिहीबार दिउँसो ३ बजेको समयमा घटनास्थल प्रारम्भिक कार्य पुरा गरी मेहलकुना अस्पतालमा रहेको […]