नेकपा माओवादी केन्द्रले आज देशभर एकैसाथ वडाअधिवेशन गर्दै

कर्णाली अनलाइन ४ मंसिर २०७८, शनिबार ०४:४८

काठमाडौं। आजबाट नेकपा माओवादी केन्द्रले देशभर वडा सम्मेलन सुरु गर्ने भएको छ। ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ नाराका साथ माओवादीले वडा सम्मेलन गर्न लागेको माओवादीले जनाएको छ।

साथै सकेसम्म सर्वसम्मत रुपमा समिति चयन गर्न पनि पार्टी प्रवक्ता कृष्ण बहादुर महराले विज्ञप्तीमार्फत् आग्रह गरेका छन्।यस्तै वडा सम्मेलनको क्रममा विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर समाजवादी क्रान्तिको यात्रामा लाग्न आम समुदायलाई विज्ञप्तिमार्फत् आग्रह गरिएको छ।

आगामी मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा माओवादी केन्द्रले नेतृत्व चयनका लागि सम्मेलन गर्ने जनाएको छ। यस्तै पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको घोषणा गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसको मतगणनास्थलमा आक्रमण हुदा उम्मेदवारसहित ५ जना घाइते:मतगणना कार्य स्थगित

४ मंसिर २०७८, शनिबार ०४:४८
रुपन्देही। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्रीय निर्वाचनका क्रममा रुपन्देहीमा मतगणनास्थलमा आक्रमण हुँदा ५ जना घाइते भएका छन्।प्रदेशसभा क्षेत्र नम्बर ३९१० को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रवार मध्यराति मुख छोपेर आएका केही युवाले आक्रमण गर्दा १ जना उम्मेदवारसहित ५ जना घाइते भएका छन्। मतगणनामा रामचन्द्र पौडेल पक्षबाट प्यानल नै बनाएर […]