गुराँस गाउँपालिकाको बजेट ६४ करोड माथि,शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता

कर्णाली अनलाइन ९ असार २०८०, शनिबार ०७:३२


दैलेख। गुराँस गाउँपालिकाको १२ औं गाउँसभा शुक्रवार भएको छ। पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको थियो।

गाउँपालिका प्रमुख टोप बहादुर वि सीले नीति तथा कार्यक्रम र उपाध्यक्ष शिवा कुमारी खड्कालेले बजेट प्रस्तुत गरेकी थिइन। गाउँसभामा पालिका उपाध्यक्ष खड्काले आगामी आर्थिक वर्ष ०८०र०८१ का लागि ६४ करोड ६९ लाख २० हजार ५ सय २३ रुपैयाँको बजेट प्रस्तुत गरिन्।

गाउँसभाले आगामी आर्थिक वर्ष ०८०र०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ। तहगत नमूना विद्यालय विकास गरी सामुदायिक विद्यालयका टिनका छाना क्रमशः विस्थापित गर्ने, यसै आर्थिक वर्षदेखि स्रोतको मूल्यांकन गरी स्रोतसाधनको समूचित प्रयोगबाट टिनका छाना विस्थापन गरी पक्की भवन बनाउने कार्य थालनी गरिने भएको छ।

आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो।

गाउँपालिकाका अध्यक्ष बिसीका अनुसार सम्भाव्यता अध्ययनको आधारमा ‘एक वडा एक उद्योग’ स्थापना गरिने बताए। यो कार्यक्रम कार्यान्वयन भए गाउँपालिकाका ८ वटै वडामा उद्योग स्थापना हुनेछ।

गरिबी निवारणका लागि स्थानीय श्रम, सीप र प्रविधिको अत्याधुनिक दक्षतापूर्ण उपयोगी कार्यक्रम लागु गरी स्वरोजगार तथा आय एवं सीप परीक्षण गरि उद्योग स्थापना, उद्यमी महिला, समृद्ध परिवार कार्यक्रम अन्तर्गत ‘उपाध्यक्ष महिला उद्यमी’ कार्यक्रम सञ्चालन गर्ने नीति गाउँपालिकाको छ।

गाउँ गाउँमा सहकारी, घर घरमा रोजगारी कार्यक्रमलाई प्राथमिकता दिएको गाउँपालिकाले कृषि तथा पशुपंक्षी विकासलाई विशेष प्राथमिकता दिएको छ। बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग, कृषकहरूसँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

‘गुराँसमा लगानी हुनेछ आम्दानी’ भन्ने नारासहित गुराँस लगानी सम्मेलन आयोजना गर्ने भएको छ। ‘रैथाने बाली लगाऔँ, हाम्रो भविष्य जोगाऔँ’ भन्ने कार्यक्रम अन्तरगर्त रैथाने बाली लगाउन प्रोत्साहन गरि कृषि उपजको बजारीकरण र संरक्षण गर्न रैथाने बाली बिउ बैंक स्थापना गर्ने नीति गाउँपालिकाले अघि सारेको छ।

गाउँपालिकास्थित घोडावासमा रहेको टिस्युकल्चर आलु मुल बिउ उत्पादनलाई गुराँस कृषि विकास तालिम केन्द्रका रुपमा विकास तथा थप प्रभावकारी बनाउने गाउँपालिकाले जनाएको छ। एक घर एक बगैचाँ, कृषक प्रोत्साहन कार्यक्रमलाई नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले अघि सारेको छ।

गाउँपालिका भित्र रहेका सम्भावित पर्यटकीय गन्तव्य स्थलहरुको पहिचान, विकास, प्रचारप्रसार, प्रकाशन, प्रोफाइल तयार गरी एकीकृत पर्यटकीय सर्किट विकास गर्दै आन्तरिक पर्यटनलाई बढवा दिइने गाउँपालिकाका अध्यक्ष बिसीले बताए। गाउँपालिकाले कर्णाली नदिमा र्‍याफ्टिङ संचालनमा ल्याउने नीति अघि सारेको छ।

आगामी आर्थिक वर्षमा जिपलाइन, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, माउन्टेन बाइकिङ तथा क्लाइम्बिङ, म्याराथुन जस्ता साहसिक खेल पर्यटन मार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सम्भाव्यता अध्ययन गरी निर्माण कार्य समेत अघि बढाउने अध्यक्ष बिसीको भनाइ छ।

हरियाली विद्यालय विशेष कार्यक्रम लागू गर्ने, सबै माध्यमिक विद्यालयमा सेनेटरी प्याड भेन्टिङ मेसिन र डिस्ट्रोय मेसिन सञ्चालनमा ल्याउने, एक शिक्षक एक ल्यापटप, एक कक्षाकोठा एक प्रोजेक्टर व्यवस्थापन गर्ने नीति गाउँपालिकाले अघि सारेको छ।

उपाध्यक्षको इच्छा छोरी बुहारीलाई उच्च शिक्षा नारालाई सार्थक बनाउन उच्च शिक्षा अध्ययनमा उत्कृष्ट नतिजा हासिल गर्ने गुराँसका छोरी बुहारीलाई प्रोत्साहन गर्ने गाउँपालिकाको योजना छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

३५ जिल्लाका नदीमा बाढीको जोखिम

९ असार २०८०, शनिबार ०७:३२
  काठमाडौँ । वर्षा हुने क्रम बढेसँगै देशभरका विभिन्न स्थानमा बाढीपहिरोको प्रकोप पनि सुरु भइसकेको छ। सकेसम्म त्यसबाट बच्न सतर्कताका लागि जल तथा मौसम विज्ञान विभागले वर्षा तथा बाढीबारे पूर्वजानकारी दिने गरेको छ। काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, ‘सोमबारसम्म मौसम खुल्ने सम्भावना छैन’यसै क्रममा विभागको बाढी पूर्वानुमान महाशाखाले आज कहाँ-कहाँ […]