चार वटा क्षेत्रको मतपरिणाम आउनमात्रै बाँकी

प्रतिनिधिसभाका १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

कर्णाली अनलाइन १४ मंसिर २०७९, बुधबार ११:२८

काठमाडौं। प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। अब देशका चार वटा क्षेत्रको मतपरिणाम आउनमात्रै बाँकी छ।

सुनसरी ४ मा मतगणना जारी रहेकोमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ। कार्कीले २५ हजार ९ सय ४४ र उनका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मतसहित पछ्याइ रहेका छन्।

दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै सुरु हुन सकेको छैन। पछिल्लो पटक उदयपुर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन्। उनले नेकपा एमालेकी मञ्जू चौधरीलाई २ हजार ३७९ मतान्तरले पराजित गरेका हुन्। खड्काले ३१ हजार २७० र चौधरीले २८ हजार ८९१ मत प्राप्त गरे।

पछिल्लो नतिजासँगै मतगणना सकिएका १ सय ६१ ठाउँमध्ये कांग्रेस ५४, एमाले ४४, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा ७/७ ठाउँमा विजयी भएका छन्। स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ। नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ। जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जितेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्याङ्जा-२ मा राति ९ बजेदेखि मतगणना सुरु गर्ने सहमति

१४ मंसिर २०७९, बुधबार ११:२८
स्याङ्जा : निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु हुने भएको छ।स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन आयोगको निर्णयसँगै बुधबार राति ९ बजेदेखि गणना हुने भएको हो । मतगणनाको विषयलाई लिएर अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको […]

सम्बन्धित शीर्षक