जसपाबाट प्रतिनिधिसभा उम्मेदवार गुरुङको उपचारको क्रममा निधन

कर्णाली अनलाइन ५ मंसिर २०७९, सोमबार २२:०२

काठमाडौँ ।लमजुङमा प्रतिनिधि सभा सदस्यतर्फ जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार नरेन्द्रबहादुर गुरुङको निधन भएको छ।लमजुङको मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरा घिम्राङ घर भएका ६८ वर्षीय गुरुङको उपचारको क्रममा भरतपुर अस्पतालमा सोमबार दिउँसो निधन भएको हो।

उमेदवारको निधन भए पनि मतगणना रोकिएको छैन. यहाँ प्रतिनिधि सभा सदस्यका लागि मुख्य प्रतिस्पर्धा देव गुरुङ र पृथ्वी सुब्बा गुरुङबीच छ।

हाल सदरमुकाम बेंसीसहर बस्दै आएका जसपा उम्मेद्बार गुरुङ बिरामी भएपछि जिल्ला अस्पताल लमजुङमा भर्ना भएका उनलाई थप उपचारका लागि भरतपुर लगिएको थियो। उपचारको क्रममा सरकारी अस्पताल भरतपुरमा सोमबार उनको निधन भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत २ मा कांग्रेसका थानीकाे अग्रता कायमै

५ मंसिर २०७९, सोमबार २२:०२
सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ को  २५ हजार मत गणना हुदाँ नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । त्यहाँ नेपाली कांग्रेसका हृदयराम थानीलाई एघार हजार ८७५ मत पाएका  छन् । यस्तै  नेकपा एमालेले अमृतबहादुर बिसीले नौ हजार ४४३ मत पाएका छन् ।  थानी भन्दा बिसी दुइ हजार ४२४ मतले पछाडि परेका […]