सुर्खेत। वीरेन्द्रनगरमा पैदल यात्रीलाई ठक्कर दिएर मोटरसाईकल फरार भएको छ । शुक्रबार बिहान ११ बजे वीरेन्द्रनगर–४ प्याकुरेल चौक नजिक मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएर फरार भएको हो ।
प्रहरीका अनुसार ठक्कर दिएर फरार हुने भे४प ४४२० नम्बरको मोटरसाइकल रहेको छ ।उक्त ठक्करबाट बराहताल गाउँपालिका–८ का अन्दाजी ४५ वर्षीय पुरुष घाइते भएका छन् भने उनको खुट्टा, ढाँड र घाँटीमा चोक लागेको प्रहरीले जनाएको छ ।हाल घाइते पैदलयात्री सुर्खेत अस्पतालमा उपचार भइरहेको छ भने फरार मोटरसाइकको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ रहेको छ ।

