पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

कर्णाली अनलाइन १७ फाल्गुन २०७८, मंगलवार १२:३८

काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३८ पुगेको छ।

मंगलबार ३५४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ७ हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ४ हजार ४५८ पीसीआर तथा २ हजार ४६ एन्टिजेन परीक्षण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साहित्यकार बि के पाल्पाली को निधन

१७ फाल्गुन २०७८, मंगलवार १२:३८
काठमाण्डौं । साहित्यकार बि के पाल्पाली (विजय पोखरेल ) को निधन भएको छ । वि.स. २०३२ सालमा पाल्पामा जन्मनु भएका पाल्पालीको गएराति आफ्नै निवास भक्तपुरमा निधन भएको हो । धेरैजसो हाइकु लेखनमा सक्रिय उहाँ साहित्यसँगै पत्रकारिता पनि गर्नुहुन्थ्यो । उहाँ कानुन व्यवसायी समेत हुनुहुन्थ्यो । दुई वटै मिर्गौलामा समस्या देखिएपछि एक […]