पार्टीका वैचारिक दृष्टिकोण जनताकाबीच लगिन्छ : अध्यक्ष नेपाल

कर्णाली अनलाइन १२ आश्विन २०८०, शुक्रबार १४:५३

काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीले अवलम्बन गरेका नीति तथा आदर्शलाई जनताकाबीच लैजाने ‘समाजवाद जागरण अभियान’ महत्त्वपूर्ण हुने बताएका छन्।

पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको अभियानबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु गर्ने उक्त अभियानमा पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण देशव्यापीरूपमा प्रचार–प्रसार गरिने बताए।

समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तरक्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिने बताउँदै उनले पार्टीका वैचारिक दृष्टिकोणलाई आधारभूत तहसम्म स्थापित गर्न यात्राले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सामाजिक न्याय, समानता, आत्मनिर्भर अर्थतन्त्रको विशेषता भएको वैज्ञानिक समाजवाद कार्यान्वयन गरी मुलुकमा समृद्धि कायम गर्न सकिने विश्वास व्यक्त गरे।

अभियानमा आधुनिक कृषि, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा सन्देश प्रवाह गरिने बताउँदै यस कार्यक्रमले युवालाई समाजवादी क्रान्तिका लागि जोड्ने बताए।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश एमाले अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

१२ आश्विन २०८०, शुक्रबार १४:५३
सुर्खेत।नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन्।नेकपा एमाले कर्णाली प्रदेशको सोमबार साँझ सम्पन्न मतगणनाअनुसार शाह ३ सय ६९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २ सय ७ मत पाएका छन्।अर्का प्रतद्वन्द्वी प्रकाश रोकायले ४ मत पाएका छन्।कर्णाली प्रदेशको आइतबार राति भएको मतदानको […]