प्रथम प्रदेश स्तरीय तेव्वान्दोको उपाधी सुर्खेतले जित्यो

कर्णाली अनलाइन ११ पुष २०७८, आईतवार ०७:५६

सुर्खेत । प्रथम प्रदेश स्तरीय तेव्वान्दोको उपाधी सुर्खेत जिल्लाले जितेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रथम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता खेलमा सुर्खेत जिल्ला प्रथम भएको हो । यस्तै तेक्वान्दो प्रतियोगितामा रुकुम पश्चिम दोस्रो र सल्यानले तेस्रो स्थान हासिल गरेको छ ।

तेक्वान्दो संघ कर्णाली प्रदेशका अध्यक्ष लक्षमण कडेलले तेक्वान्दो खेलका लागि अब कर्णाली प्रदेशमा प्रतियोगिताको आयोजना गर्दै अगाडि लैजानमा प्रदेश सरकार तथा स्थानिय सरकारहरुले यस्ता कार्यक्रको आयोजना गरि खेललाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन । खेल स्वास्थ्य र जीवनका लागि अतिआवश्यक भएको उनको भनाइ छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेप कार्यकारी बोर्ड केन्द्रीय सदस्य नन्दा बस्यालले ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भए जस्तै अव ‘महिलाका लागि खेलकुद’ भन्ने नाराका साथ खेललाई अगाडि बढाउने बताएकी छिन । कर्णालीमा खेल विकासका लागि तेक्वान्दो खेल जरुरी हुनुका साथै प्रदेश स्तरीय मात्र नभएर राष्ट्र तथा अन्तराष्ट्रीय खेलहरु अब प्रदेशमै गरिने पनि बताएकी छिन् ।

तीन दिन सम्म चलेको प्रतियोगितामा कर्णाली प्रदेशका पाँच जिल्ला सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम र जुम्लाका ३ सय जना खेलाडी सहभागी भएका थिए । प्रतियोगिता कर्णाली प्रदेश तेक्वान्दो संघ वीरेन्द्रनगर सुर्खेतले आयोजना गरेको हो । उक्त कार्यक्रममा सहभागि खेलाडीलाई विभिन्न मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा कर्णाली प्रदेशका उपाअध्यक्ष प्रमोद हमाल,सुर्खेत जिल्लाका प्रशिक्षक भुवन थापा, जिल्ला खेलकुदका अध्यक्ष चन्द्र कुमार गिरी, लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'प्रधानन्यायाधीश जबरा असक्षम भइसके, पदमा बसिरहन संविधानले दिँदैन :नेपाल बार अध्यक्ष श्रेष्ठ

११ पुष २०७८, आईतवार ०७:५६
काठमाडौँ।नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले संविधानको धारा १२६ अनुसार न्याय सम्पादन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा असक्षम सावित भइसकेको भन्दै पदमा बसिरहन संविधानले नदिने बताएका छन्।प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारको जारी आन्दोलनपछि आइतबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन्। उनले प्रधानन्यायाधीश जबरालाई न्याय सम्पादनको बाधकको संज्ञासमेत […]