जिल्ला समन्वय समिति सुर्खेतको चुनाव हुँदै

कर्णाली अनलाइन २७ जेष्ठ २०७९, शुक्रबार ०४:५८

सुर्खेत। जिल्ला समन्वय समिति सुर्खेतको आज चुनाव हुँदैछ । सुर्खेतमा एमाले– माओवादी गठबन्धनबाट प्रमुखमा गंगाराम सुनार, उपप्रमुखमा सचिन कुमार बडुवालले आधिकारिक रुपमा उम्मेदवारी दिएका छन् ।

उपप्रुमखमा एमालेका टिका घलेले वागी उम्मेदवारी दिएकी छिन् । नेपाली कांग्रेसले समन्वय प्रमुखमा दीलिप कुमार वाग्ले उम्मेदवारी दिएका छन् । कांग्रेसले प्रमुखसहित पाँच पदमा मात्रै उम्मेदवारी दिएको छ ।

एमाले माओवादी गठबन्धनले नौ पदमा उम्मेदवारी दिएको छ । १८ मतदाता रहेकोमा एमालेसँग ९, माओवादीसँग एक र कांग्रेससँग ८ मतदाता रहेका छन् । माओवादीले दुबै तिर गठबन्धन गरेकाे छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोटको जुनीचाँदेमा जिप दुर्घटनाहुँदा २ जनाको मृत्यु

२७ जेष्ठ २०७९, शुक्रबार ०४:५८
सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।सुर्खेतबाट जुनीचाँदे गाउँपालिकाको मैप गाउँ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको जिप वडा नम्बर ५ मा पर्ने गर्खाकोटको बेलपुईना भन्ने ठाउँमा दुर्घटनामा परेको हो मृतकको पहिचान खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष […]