काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चुनावमा भएको खर्च सार्वजनिक गरेका छन् ।सोमवार सामाजिक सञ्जालमार्फत उनले चुनाव खर्च सार्वजनिक गरेका हुन् । उनले चुनावमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको बताएका छन् ।
उनले चुनाव खर्च सार्वजनिक गर्न ढिला भएकोमा माफी समेत मागेका छन् । ‘हाम्रो चुनावी अभियानमा जम्मा खर्च ३ लाख ९४ हजार ४८९ भएको छ’, उनले लेखेका छन्, ‘जसमा मतगणनाको समयमा मात्रै १ लाख बढी भएको थियो ।’उनले जनताबाट प्राप्त विश्वास र जिम्मेवारी पूरा गर्न हरसम्भव प्रयास गर्ने समेत बताएका छन् ।