रणनीति मिलाउन नसक्दा सरकार गुमाउनु पर्‍योः शशांक कोइराला

कर्णाली अनलाइन १५ पुष २०७९, शुक्रबार २१:५७

चितवन।नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन्।आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो।’

पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उgको भनाइ थियो। गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूर्ण भूमिका दाहालले खेलेको उनले बताए।

उनले भने, ‘ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो।’कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै उनले जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए। रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लिडरशिप फिमेल अफ द इयर २०२२ द्वारा भायानेटकी सीईओ पाठक सम्मानित

१५ पुष २०७९, शुक्रबार २१:५७
सुर्खेत। भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहरालाई सम्मान गरिएको छ। नेपालको प्राविधिक क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानको लागि एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्डबाट सम्मान गरिएको हो। पाठक देशको प्रविधि क्षेत्रमा नेतृत्व गर्ने पहिलो महिला हुन्। सन् २०१२ मा भायानेटको वित्त तथा संचालन निर्देशकका रूपमा भायानेटमा आएकी […]