दैलेख।कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १र २ सिस्नेपडामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको म १ ख ६६० नम्वरको बस सिस्नेपडामा बुधवार साझ ८ बजे दुर्घटना परेको हो।
बसमा सवार ६२ जना यात्रुमध्ये ३ जनाको घटनास्थमै मृत्यु भएको छ । एक जनाको साँगेतडा स्वास्थ्य चौकी लिदैँ गर्दा बाटोमा मृत्यु भएको छ भने ३९ जना गम्भिर घाइते भएका छन। १९ जनाको अवस्था सामान्य रहेको छ ।दुर्घटनापरि मृत्युहुनेमा दैलेख जिल्ला दुल्लु नगरपालिका वाड नं ९ का धिरेन्द्र सुनार र सोही नगरपालिका वडा न.९ का काशिराम पाण्डेको घटनास्थमै मृत्यु भएको छ भने बाँकी दुई जनाको सनाखत हुन सकेको छैन।
उद्धारका लागि घटनास्थलमा आठविस नगरपालिकाका नवनिर्वाचित मेयर तर्क बहादुर बडुवाल सहितको टोली, प्रहरी, सशस्त्र प्रहरी,स्थानीयवासीको पहलमा सवै घाइतेलाई उद्धारगरि कर्णाली प्रदेश अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।बस सडकभन्दा लगभग ५० मिटर कर्णाली नदिको किनारमा खसेको छ । बस मालिक सान्नित्रिवेणी गाउँपालिका वडा न ४ का उमेश बम प्रहरीको नियन्त्रयणमा रहेको र बस चालक फरार रहेको र घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

