हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोमा आगलागीहुँदा एक कराेड बराबरको क्षती

कर्णाली अनलाइन १८ चैत्र २०७८, शुक्रबार १२:१३

हुम्ला । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ४ मा रहेको याल्वाङमा आगलागी हुँदा दुई कोठा जलेर नष्ट भएको छ । वडा नम्बर चारका छिरिङ पाल्जोर तामाङको पसल सहित होटेल रहेको एक तलाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको हाे ।

आज दिउँसो काठको टहराको दुई कोठा जलेर नष्ट हुँदा १ करोड २५ लाख बराबरको क्षेति भएको याल्वाङ प्रहरी चौकीले जानकारी दिएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । पालिका केन्द्र याल्वाङमा तामाङले लामो समयदेखि पसल तथा होटेल व्यवसाय गर्दै आएको भएपनि आज पुरै जलेर नष्ट भएको हो ।

पसलमा भएका खाद्यान्न, लत्ता, कपडा, दैनिक उपभोग्य लगायतका वस्तु सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले जानकारी दिए । घुम्तिमा रहेको घर अर्थात टहरा भएकाले नियन्त्रणमा आउन नसकेर पुरै जलेर नष्ट भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घोडेजात्राको अवसरमा नेपाली सेनाद्धारा टुँडिखेलमा विशेष समारोह आयोजना (तस्बिरहरू)

१८ चैत्र २०७८, शुक्रबार १२:१३
काठमाडौँ।काठमाडौं उपत्यकामा शुक्रबार घोडे जात्रा पर्व मनाइएको छ। जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ।चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। उक्त समारोहमा घोडचढीहरूले विभिन्न कला प्रदर्शन गरेका छन्। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्व सहभागी […]