जिप दुर्घटना हुँदा सल्यानमा ८ जनाको मृत्यु, १ घाइते

कर्णाली अनलाइन १२ आश्विन २०७९, बुधबार ०७:४५

सुर्खेत । सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए।

‘अहिले म घटनास्थलमै छु, जिपमा सवार ९ जनामध्ये ८ जनाको मृत्यु भएको छ’, उनले  भने।उनका अनुसार मृतक सबै कपुरकोट गाउँपालिकाका हुन्। मृतकहरूमा कपुरकोट ६ का बसन्त ओली र टोपबहादुर ओली, कपुरकोट ५ का ललित ओली, वडा नम्बर ६ का सुरेश खत्री, गाडी चालक जितबहादुर बोहोरा, कपुरकोट–६ का खुमलाल ओली छन्। अन्यको नाम खुल्न बाँकी छ।

मूलपानीनजिकै बुधबार बिहान २ बजे जिप दुर्घटना भएको हो।प्रहरीका अनुसार बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जिप सल्यानको कपुरकोट गाउँपालिका-३ मूलपानी नजिकै दुर्घटना भएको हो ।

एक जना घाइते भएका छन्। उनलाई उपचारका लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको अध्यक्ष पुनले जानकारी दिए।घटनाको विस्तृत विवरण आउन बाँकी छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागू भयो निर्वाचन आचारसंहिता

१२ आश्विन २०७९, बुधबार ०७:४५
काठमाडौं।मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको जानकारी दिए। ‘आयोगले असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ’, उनले भने। उनले आचारसंहिताको पालना र कार्यान्वयन […]