मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

कर्णाली अनलाइन २८ जेष्ठ २०७९, शनिबार १२:४८

सर्लाही। जिल्लाको लालबन्दी नगरपालिका–१७ बस्ने ४५ वर्षीय अशोक विकमाथि बाँसको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका–११ बस्ने ३१ वर्षीय रवि विक शनिबार पक्राउ परेका हुन् ।

लालबन्दीको हिरापुर पानी ट्याङ्कीस्थित बारीमा तरकारी खेती गर्ने क्रममा बाँस ओसार्ने क्रममा विवाद हुँदा रविले उनकै मामा अशोकलाई बाँसको लाठीले प्रहार गरेका थिए । लाठी प्रहारबाट गम्भीर घाइते भएका अशोक विकलाई स्थानीय मोडल अस्पताल पुर्याइएको थियो ।

मोडलबाट थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तारैतार हिँडेर ककनीबाट लिखु गाउँपालिका पुगे माइला

२८ जेष्ठ २०७९, शनिबार १२:४८
काठमाडौँ। नुवाकोटको ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका प्रेम बिक माइला अहिले लिखु गाउँपालिका पुगेका छन। उनी तारतारै हिँडिरहेको स्थानीय जानकारी दिए। स्थानीयका अनुसार बेलकोटगढी नगरपालिका वासिन्दा प्रेम बिक हुन । उनलाई माइला भनेर चिनिन्छ ।उनी बिहान १० बजे पोलमा चढेका थिए।

सम्बन्धित शीर्षक