आइपिएल : शीर्ष टोली गुजरातमाथि पञ्जाबकाे जित

कर्णाली अनलाइन २१ बैशाख २०७९, बुधबार ०१:३२

एजेन्सी।भारतमा जारी आइपिएल क्रिकेट अन्तर्गत मंगलबार  भएको खेलमा पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई ८ विकेटले हराएको छ।पहिला बलिङ गरेको गुजरातले ८ विकेटमा १४३ रन बनायाे। गुजरातका साई सुदर्शनले ६५ रन बनाएका थिए। तर उनलाई अरू खेलाडीले राम्रो साथ दिन सकेनन्। टोलीका कप्तान हार्दिक पाण्डेयले  मात्र १ मात्र रन बनाए।

पञ्जावको तर्फबाट किगासो रबडाले ४ ओभरमा ३३ रन दिँदै ४ विकेट लिए।गुजरातले दिएको १४४ रनको लक्ष्य पञ्जाव किंग्सले १६ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। पञ्जावको लागि ५३ रन जोडेका शिखर धवन नटआउट रहे। भानु राजपक्षेले २८ बलमा ४० रन बनाए।

यस्तै लियम लिविंस्टोनले १० बलमा ३० रन बनाएर टिमलाई सानदार जीत दिलाए।यो जीतसँगै पञ्जाव किंग्सको टोली अंक तालिकामा पाँचौ स्थानमा आएको छ। हारको बाबजुद पनि गुजरात अंक तालिकाको पहिलो स्थानमा नै रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार विष्टविरुद्ध पक्राउ पुर्जी जारी

२१ बैशाख २०७९, बुधबार ०१:३२
काठमाडौं।ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका मिलन कुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।विष्ट यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । उनीविरुद्ध भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई […]