बिहीबार देशभर सार्वजनिक बिदा

कर्णाली अनलाइन १२ असार २०८०, मंगलवार १४:५२

काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा यही १४ गते सार्वजनिक बिदा दिएको हो ।गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

सूचनामा भनिएको छ,’नेपाल राजपत्रमा मिति २०७९/ १२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) विसं२०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

१२ असार २०८०, मंगलवार १४:५२
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका […]