कालिकोटमा पहिचान नखुलेको एक पुरुषको शव फेला

कालिकोट संवाददाता २९ चैत्र २०७८, मंगलवार ०७:०४

कालिकोट।जिल्लाको तिलागुफा-२ कैलासल्ला राहदह वनमा अन्दाजी ४०/४५ वर्षका एक पुरुपको बेवारिसे अवस्थामा शव फेला परेको छ ।सोमवार विहान अन्दाजी १० :३० बजेको समयमा वनमा बेवारिसे अवस्थामा शव फेलापरे पछि स्थानीयले जिल्ला प्रहरी कार्यालय कालिकोटमा जानकारी गराएका थिए ।

जानकारी पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा गई बेवारिसे शवको घटनास्थल जाँचगरि मुचुल्का समेतको अनुसन्धान कार्य सम्पन गरी उक्त शवलाई जिल्ला अस्पताल कालिकोटको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

बर्ण गहुँगोरो,पातलो शरीर ,कपाल लामो पालेको ,उचाई ५ फिट २ ईन्च ,शरिरमा माथि कालो हुक,सेतोमा हरियो धर्को भएको सट,रातो टिसर्ट तल निलो जिन्स पाईँन्ट लगाएको पहिरन हेर्दा मानसिक सन्तुल गुमाएको जस्तो देखिने अन्दाजी ४०/४५ वर्षको हाल नाम थर नखुलेको पूरुष व्यक्तिको लास सडेगलेको रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गजल

२९ चैत्र २०७८, मंगलवार ०७:०४
                  पि.बि बोहोरा सान्नि त्रिवेणी–४ कालिकोट एउटा म हुँ प्रेममा बारम्बार भएको।  कसैबाट सजिलै अस्विकार भएको।   म पनि परिचित छु यार “धोका” सँग, मेरो पनि थियो कसैसँग प्यार भएको।    युगौ देखि पिडित छ्न् फूलहरू पनि, सधैं भमराहरू बाट दिक्दार भएको। […]