पश्चिम रुकुम। जिल्लामा विभिन्न वित्तिय संस्थाहरु रहेका छन तर लघुउधममीहरुको पहिलो रोजाईमा भने एनएमबि लघुवित्त रहेको छ ।जिल्लामा ४ वटा शाखा कार्यालय संन्चालन गदैँ आएको एनएमवि लघुवित्त वित्तिय संस्था लि. सवैको रोजाईमा परेको हो ।
एनएमबि लघुबित्त वित्तिय संस्था लि.चौरजहारी नगरपालिका वडा न ११ मा रहेकोे शाखा कार्यालय खोलागाँउले केन्द्र नम्बर ३२,३७ र ६ मा विहिवार एक कार्याक्रमका विच ग्राहक सरक्षण अन्तर्गत सम्पती तथा बचत कारोवारमा निहित जोखिम, जोखिम न्यानिकरण र जोखिम न्युनिकरणको लागि सस्थाले गरिरहेको कार्यमा केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ।उक्त कार्यक्रममा ग्राहक सदस्य र अभिभावक गरि ४१ जनाको उपस्थिति रहेको थियो ।खोलागाउ शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संचालन गर्दै आईरहेको छ।
उक्त अभियानमा कर्जाको आवश्यकता ,बचतको प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनुपर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको शाखा कार्यालय खोलागाँउका शाखा प्रबन्धक जीवन केसीले कर्णाली अनलाइनलाई जानकारी दिनु भयो।कार्यक्रममा केन्द्रीय कार्यालयका कर्जा विभागमा कार्यरत प्रकाश रावल ,शाखा कार्यालय खोलागाँउका कर्मचारी मनिशा केसि को उपस्थित रहेको थियो ।
उक्त नगरपालिकामा वडा न. ६,१०,११,१२, १४ र सल्यान जिल्लाको दार्मा गाउँपालिका,कुमाख गाउँपालिका ,पश्चिम रुकुमकै त्रिवेणी गाँउपालिका क्षेत्र भित्रका करिब ९४३ भन्दा धेरै घरधुरिलाई सेवा दिदैँ आएको यस एनएमबि लघुवित्त वित्तिय शाखा कार्यालय खोलागाँउले आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।
गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा न ८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रादेशिक कार्यालय स्थापना गरी ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिव एक लाख तिस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदैँ आएको छ ।

