प्रेम दिवसकै दिन गरे हिमाका स्थानीयले ‘एनएमबि लघुबित्तमै कारोबार गर्ने प्रणय’

कर्णाली अनलाइन २ फाल्गुन २०८१, शुक्रबार १६:३९


जुम्ला।जिल्लाको हिमा गाँउपालिका वडा ७ का स्थानीय बासिन्दाहरुले एनएमवी लघुबित्त बित्तीय सस्थामा नै कारोबार गर्ने प्रणय गरेका छ्न। सिंजा गाउँपालिका वडा न. ३ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिंजाले ग्राहक केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ।सिंजा शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संञ्चालन गर्दै आईरहेको छ।

उक्त अभियानमा कर्जाको आवश्यकता ,बचत को प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनुपर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको छ ।उक्त कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको स्थानिय दुर्गा कुमारी शाहीले बताउनु भयो । उक्त कार्यक्रमको ब्यवस्थापन शेर बहादुर लम्पालले गर्नु भएको थियो भने कार्यक्रमको संचालन र स्वागत भने सिंजा शाखाका शाखा प्रबन्धक जय कृष्ण जैसिले गर्नु भएको थियो।

उक्त कार्यक्रममा बित्तीय साक्षरताका बारेमा भने कर्णाली प्रदेशका अनुगमन अधिकृत बेद प्रसाद बेल्बासेले प्रशिक्षण दिनुभएको शाखा प्रबन्धक जय कृष्ण जैसीले कर्णाली अनलाईनलाई जानकारी दिनु भयो।

उक्त कार्यक्रम सिंजा गाँउपालिका वडा न. १,देखि ६ ,हिमा गाँउपालिका,कनकासुन्दरी गाँउपालिका र तिलागुफा नगरपालिकामा करिब १२ सय घर धुरिलाई सेवा दिदै आएको यस एनएमबि लघुवित बित्तीय सस्था लि शाखा कार्यालय सिंजा ले उक्त ठाउँहरुमा आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।

गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा न ८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रादेशिक कार्यालय स्थापना गरी ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिव एक लाख तिस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदैँ आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विकल्प प्रयोग गरेर भए पनि अध्यादेश पारित गर्छौंः शंकर पोखरेल

२ फाल्गुन २०८१, शुक्रबार १६:३९
काठमाडौँ ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन्। शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले ल्याएको अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने […]