यस वर्षको मदन पुरस्कार डा. नवराज लम्साललाई प्रदान गरिने

कर्णाली अनलाइन ११ भाद्र २०७९, शनिबार २३:५५

काठमाडौँ। यस वर्षको मदन पुरस्कार अग्रि महाकाव्यका लेखक डा.नवराज लम्साललाई प्रदान गरिने भएको छ ।मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले गुठीको साधारण सभाबाट लम्सालद्धारा लिखित अग्रि लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिए।

यसै गरी यस वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित उदय का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको दीक्षितले बताए। समान चार लाख रुपियाँ राशिका पुरस्कारहरु घटस्थापनाको दिन प्रदान गरिने भएको छ।

डा.लम्साल वरिष्ठ साहित्यकार एवम् रेडियो नेपालका निर्देशक तथा कार्यक्रम महाशाखा प्रमुख रहेका छन।लम्सालका कर्ण ,धरा र अग्रि ३ महाकाव्य सहित ८ पुस्तक प्रकाशित छन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कञ्चनपुरमा हात्तीकाे आक्रमणबाट युवतीकाे मृत्यु

११ भाद्र २०७९, शनिबार २३:५५
धनगढी।कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ।जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ मा हात्तीको आक्रमणबाट स्थानीय २२ बर्षिय मिरा जाेशीकाे मृत्यु भएको हो। घटना स्थलतर्फ प्रहरी गएको र थप विवरण पछि आउने इलाका प्रहरी कार्यालय झलारीले जनाएकाे छ।

सम्बन्धित शीर्षक