‘जिम्बाबे ए’ सँग खेल्ने नेपाली टोलीको प्रशिक्षण शुरु

कर्णाली अनलाइन १४ बैशाख २०७९, बुधबार ०५:०२

काठमाडौ।‘जिम्बाबे ए’ क्रिकेट टोलीसँग खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बुधबारबाट अभ्यास शुरु हुने भएको छ । त्रि.वि. क्रिकेट मैदानमा राष्ट्रिय टिममा स्थान बनाएका २३ खेलाडीलाई प्रशिक्षण दिन लागिएको हो ।

कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने श्रृंखलामा क्यानले यसअघि सन्दीप लामिछानेको कप्तानीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ सेख, आसिफ सेख, रोहितकुमार पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसान भारी, पवन सरार्फ, अविनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमलालाई समेटेर टोली घोषणा गरेको थियो ।

आयोजक नेपालले भ्रमणकारी टोली ‘जिम्बावे ए’सँग तीन एकदिवसीय र तीन ट्वान्टी–२० श्रृंखला खेल्दैछ । यही टिमबाट खेलको दिन शुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ ।श्रृंखला वैशाख १७ गते बाट हुँदैछ । १० दिन चल्ने सिरिजमा जिम्बाबेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहनेछ । एक दिवसीय श्रृंखला वैशाख १७ देखि २१ सम्म चल्नेछ भने ट्वान्टी–२० वैशाख २३ देखि २६ सम्म सञ्चालन हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज र भोलि जाँचबुझ

१४ बैशाख २०७९, बुधबार ०५:०२
सुर्खेत।पालिका चुनावका लागि उम्मेदवार बनेकाहरुको विरोधमा परेका उजुरीमाथि आजदेखि जाँच सुरु हुने भएको छ । आज र भोलि जाँचबुझ गरिने र पर्सि १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उम्मेदवारको विरोधमा हिजो ठाउँठाउँमा दाबी विरोधको उजुरी दर्ता भएको छ ।नेपाल सरकार, प्रदेश सरकार तथा […]