काठमाडौँ महानगरका नवनिर्वाचित मेयर बालेन शाह र प्रधानसेनापति शर्माबीच भेटवार्ता

कर्णाली अनलाइन १६ जेष्ठ २०७९, सोमबार ११:३२

काठमाडौँ।काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्।मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा गई भेट गरेका हुन्।

भेटमा मेयर शाहले बिपद् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रसंसा गरे भने प्रधानसेनापति महारथी शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। आगामी दिनमा महानगरपालिका र नेपाली सेनाबीच सहकार्यसमेत गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निकुञ्जमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

१६ जेष्ठ २०७९, सोमबार ११:३२
चितवन।चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी पूर्वी चितवनको राप्ती नगरपालिका–१ की ५५ वर्षीय सोतीमाया तामाङलाई सोमबार अपरान्ह करिब ४ बजेको समयमा बाघले आक्रमण गरेको हो। बाघको आक्रमणबाट तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।बाघले आक्रमण गरेको […]