निर्माण व्‍यवसायीले मागे अर्थमन्त्रीको राजीनामा

कर्णाली अनलाइन २९ असार २०८०, शुक्रबार १२:४०

काठमाडौं।सरकारले असार मसान्तमा पनि आफूले पाउनुपर्ने  रकम नपाएको भन्दै निर्माण व्यवसायीहरूले प्रदर्शन गरेको छन्। सरकारविरुद्ध शुक्रबार माइतीघरमा ठेकेदारहरू धर्नामा निस्किएका हुन्। उनीहरूले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामासमेत मागेका छन्।

उनीहरूले विनाबजेटको आयोजना टेण्डर गरेर सरकारले भुक्तानीका लागि आफूहरू सडकमा आउन बाध्य भएको भन्दै आक्रोश पोखे।

महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीले गरेको कामको भुक्तानीका लागि अनुनय गर्दा अर्थमन्त्रीले घरको अंश काटेर दिनुपर्नेजस्तो व्यवहार देखाएको टिप्पणी गरे।

पछिल्लो समय आर्थिक मन्दी तथा देशको अवस्थाको विभिन्न वहाना बनाउँदै सरकारले समयमै निर्माण व्‍यवसायीहरूको भुक्तानी गरेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लू काठमाडौँ आइपुगे,उच्चस्तरीय भेटघाट आजै सुरु गर्ने

२९ असार २०८०, शुक्रबार १२:४०
काठमाडौँ।अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू शुक्रबार काठमाडौँ आइपुगेका छन्। उनले आजै उच्चस्तरीय भेटघाट सुरु गर्दैछन्। विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन्। उनले शुक्रबार दिउँसो ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अमेरिकन […]