फ्रान्स रुससँग डरायो, बेलायत युक्रेनलाई सहयोग गर्न इच्छुक छ –जेलेन्स्की

कर्णाली अनलाइन १४ चैत्र २०७८, सोमबार ११:५७

एजेन्सी।युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फ्रान्सले आफ्नो देशलाई सैन्य सहयोग उपलब्ध गराउन नसकिरहेको वा आनाकानी गरिरहेको बताएका छन्। द इकोनोमिस्टसँगको अन्तर्वार्ताको क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसको आक्रमणलाई लिएर पश्चिम युरोपेली देशहरुले कस्तो सहयोग गरिरहेका छन् वा छैनन् भन्नेबारे बताएका हुन्।

अन्तर्वार्ताको क्रममा जेलेन्स्कीले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको कडा विरोध गरेका हुन्। म्याक्रोँ सैन्य सहयोग प्रदान गर्न असफल रहेको र त्यसको कारण उनी रुससँग डराउनु रहेको जेलेन्स्कीले बताएका छन्।

‘उनीहरु रुससँग डराएका छन्, कुरा स्पष्ट छन्’, उनले भने।बेलायती प्रधानमन्त्री बोरिस जोन्सन भने हतियार सहयोग गर्न सकारात्मक रहेको र अहिलेसम्म आफ्नो संविधान तथा कानुनी व्यवस्थाले दिएसम्म सहयोग गरिरहेको जेलेन्स्कीले बताए।

उनले भनेका छन्, ‘स्पष्ट रुपमा भन्दा जोन्सन सहयोग गर्न इच्छुक नेता हुन्। उहाँ सहयोगका सवालमा उदाहरणीय देखिनु भएको छ। पक्कै पनि बेलायत हाम्रो पक्षमा छ। उसले अहिलेको अवस्थामा अर्को विकल्पको खोजी पनि गरेको छैन।’

जेलेन्स्कीका अनुसार जर्मनीले भने आफूलाई सन्तुलित गर्ने प्रयास गरिरहेको छ। रुससँग जोडिएको लामो इतिहास रहेको र आर्थिक सम्बन्ध पनि सिधा भएकाले उनीहरुले अहिलेको अवस्थालाई आफ्नो अनुकूल हुने गरी सन्तुलित रुपमा प्रक्रिया दिने प्रयास गरिरहेको जेलेन्स्कीले बताएका हुन्।अवस्था जसरी विकास हुँदै जान्छ त्यसरी नै जर्मनीले आफ्नो सहयोगको दायरा र आकार कायम गर्ने गरेको जेलेन्स्कीले अन्तर्वार्तामा बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुर्व मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य एमाले प्रवेश गर्दै

१४ चैत्र २०७८, सोमबार ११:५७
सुर्खेत। पुर्व कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका प्रमुख स्वकीय सचिव तथा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एवं कर्णाली विकास आयोगका सदस्य समेत रहेका कृष्णप्रसाद आचार्य नेकपा एमाले प्रवेश गर्ने भएका छन । उनी चैत्र १७ गते कालिकोटमा हुने बुहत आमसभा कार्यक्रममा एमाले प्रवेश गर्ने भएका छन ।उक्त […]