कंगोमा तैनाथ एक शान्ति सैनिकको मृत्यु

कर्णाली अनलाइन २६ आश्विन २०८०, शुक्रबार २१:३३

एजेन्सी।संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा तैनाथ एक शान्ति सैनिकको मृत्यु भएको छ ।

नरसिंहदल गण (शान्ति सेना) उनान्तीसौँ डफ्फामा कार्यरत प्युठ भुपजित राईको शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

खोटाङको फक्टाङ्ग गाउँपालिका वडा नं.८ निवासी राई उक्त गण अन्तर्गत टयाक्टिकल अपरेटिङ बेस जिनामा कार्यरत रहँदा विरामी भएका थिए । उनलाई थप उपचारका लागि कंगोको बुनियास्थित मोरोक्कन लेभल(२ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको सेनाले जनाएको छ ।

स्वर्गीय राईको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रकभित्रै नाबालिकामाथि जबर्जस्ती करणी

२६ आश्विन २०८०, शुक्रबार २१:३३
सुर्खेत।नाबालिका बलात्कारको आरोपमा बैतडीका एक ट्रक चालक पक्राउ परेका छन्।पक्राउ पर्नेमा से १ ख १९७९ नम्बरको मिनी ट्रकका चालक मेलौली नगरपालिका-७ का २८ वर्षीय महेश ओझा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। बिहीवार महेन्द्रनगरबाट बैतडीको मेलौलीतर्फ आउँदै गरेको उक्त ट्रकमा ती नाबालिका अत्तरियाबाट बसेकी थिइन्। […]

सम्बन्धित शीर्षक