सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा कँडेल विजयी

कर्णाली अनलाइन ६ बैशाख २०७९, मंगलवार ०१:१२

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा निवर्तमान महासचिव लक्ष्मण कँडेल विजयी भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा कँडेलले ४८ मत अन्तरले प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई पराजित गरेका हुन् ।

कँडेलले ९११ मत ल्याएर विजयीहुँदा खड्काले ८६३ मत प्राप्त गरे । यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेतले ९४१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सूर्यबहादुर रावतले ७३७ मत ल्याएर पराजित भएका छन् । बाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकालले ७८४ मत ल्याएर पराजितहुँदा प्रेमबहादुर रावलले ९२० मत ल्याएर विजयी भए । उद्योग उपाध्यक्षमा सिंहराज वमले ८६७ मत ल्याएर विजयी भएका छन् भने प्रेम पाण्डेले ८५७ मत ल्याएर पराजित भएका छन् ।

महिला उपाध्यक्षमा तारा रावतले ८८२, महासचिवमा भद्र भण्डारीले ८७२, उपमहासचिवमा कृष्णप्रसाद सुवेदीले ८७५, कोषाध्यक्षमा रामप्रसाद पाण्डेले ९३८ र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्रीले ८६५ मत ल्याएर विजयी भएका छन् ।

महिला उपाध्यक्षका उम्मेद्वार कृष्णाकुमारी थापाले ८२१, महासचिवका उम्मेद्वार रामप्रसाद जैसीले ८६५, उपमहासचिवका उम्मेद्वार पूर्णदेव अधिकारीले ८१२, कोषाध्यक्षका उम्मेद्वार राजेन्द्रबहादुर शाहीले ७६५ र सहकोषाध्यक्ष पदका उम्मेद्वार भिमप्रसाद पौडेलले ८३२ मत ल्याएर पराजित भएका छन् । २०५८ मतदातामध्य निर्वाचनमा १८२४ मत खसेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

६ बैशाख २०७९, मंगलवार ०१:१२
काठमाडौँ।सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ […]