सुर्खेत उद्योग वाणिज्य संघ निर्वाचन-कँडेललाई पछ्याउदै खड्का,३७ मतकाे अन्तर

कर्णाली अनलाइन ५ बैशाख २०७९, सोमबार ०५:१०

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको मतगणना जारी रहेको छ । अहिले सम्मको मतगणना हेर्दा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडेल अघि-अघि छन् भने अर्का उम्मेदवार हर्षविक्रम खड्का उनलाई पछ्याउदै गएका छन् ।

हाल सम्मकाे करिब साढे ५ सयकाे मतगणना हेर्दा कँडेलले २६४ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार  खड्काले २२७ मत प्राप्त गरेका छन् । खड्काले ३७ मतकाे अन्तरले कँडलेलाई पछ्याउदै गएका हुन् ।

वरिष्ठ उपाध्यक्ष
गणेशकुमार बस्नेत २७९
सूर्यबहादुर रावत १९४

वाणिज्य उपाध्यक्ष
दिपेन्द्र ढकाल २३६
प्रेमबहादुर रावल २३४

उद्योग उपाध्यक्ष
प्रेम पाण्डे २४७
सिंहराज बम २३२

महिला उपाध्यक्ष
कृष्णा थापा २३७
तारा रावत २४०

महासचिव
भद्र भण्डारी २६२
रामप्रसाद जैसी २२५

उपमहासचिव
कृष्ण सुवेदी २५०
पूर्णदेव अधिकारी २१८

कोषाध्यक्ष
राजेन्द्र शाही २१७
रामप्रसाद पाण्डे २५७

सहकोषाध्यक्ष
भीमप्रसाद पौडेल २४३
सूर्यबहादुर खत्री २३८

निर्वाचन समितिका अनुसार मतगणना प्रक्रिया सोमबार बिहानादेखिनै जारी रहेको जनाएको छ । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा जम्मा २०५८ जना मतदाता रहेका थिए भने १८२४ मत खसेको थियो । संघको १३ औं कार्यसमितिका लागि संघको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन भएकाे हाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत बाणिज्य संघ निर्वाचन : सदस्यहरुकाे कसकाे मत कति ?

५ बैशाख २०७९, सोमबार ०५:१०
सुर्खेत । सुर्खेत उद्याेग बाणिज्य संघकाे नयाँ नेतृत्वका लागि मत गणना जारी छ । अध्यक्षका उम्मेद्वार लक्ष्मण कँडेल २६४ मत ल्याउदा हर्षविक्रम खड्काले २२७ मत ल्याएका छन् । अन्यपदाधिकारीहरुमा पनि प्रतस्पर्धा छ । पदाधिकारीहरुकाे मतगणना भइरहँदा सदस्यहरुकाे मत परिणाम सार्वजनिक भएकाे छ । करिव दुइसय मत गणना गरिएकाे छ । महिला […]