बस दुर्घटना, ३५ जना घाइते, दुईको अवस्था गम्भीर

कर्णाली अनलाइन २० माघ २०७८, बिहीबार ०४:२७

सुर्खेत।बर्दियाको बासगढी नगरपालिका ३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ यात्रु घाइते भएका छन्। घाइतेमध्ये कालिकोटको सान्नित्रिवेणी गाँउपालिका–६ की ११ वर्षीया शितला उपाध्याय र सान्नि त्रिवेणी गाँउपालिका ७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भिर रहेको छ। दुवैजनालाई उपचारका लागी कोहलपुर स्थित नेपालगंज मेडिकल कलेज पठाइएको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ।

सामान्य घाइते भएका अन्य ३३ जनालाई उपचारका लागि स्थानीय कौशिल्या अस्पताल पठाइएको छ। कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५३८२ नम्बरको बस आज बिहान सवा ३ बजे अनियन्त्रित भएर सडकदेखि अन्दाजी १५ मिटर तल पल्टिएको थियो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतरोड फेरि ५० मिटर बनाइँदै, ८०६ वटा संरचना भत्काइने

२० माघ २०७८, बिहीबार ०४:२७
सुर्खेत। नेपालगञ्जको सुर्खेतरोड ४२ मिटरको छ। कतै ३८ मिटर पनि छ। एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सुर्खेतरोडलाई चारलेन बनाइएको थियो।सडकको मापदण्ड ५० मिटरको थियो। विवादमा एडीबीले काम नगर्ने मौकाको फाइदा उठाउँदै टाठाबाठाले ठूलो सोर्सफोर्समा सडकलाई खुम्च्याउन भ्याएका थिए। धेरै घरहरु भत्किने भन्दै खुम्च्याइएको सुर्खेतरोडलाई फेरि ५० मिटरको बनाउने कसरत सुरु […]

सम्बन्धित शीर्षक