काठमाडौँ।प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणका लागि आइतबार दिल्ली प्रस्थान गरेका छन्।उनको अनुपस्थितिमा लेफ्टिनेन्ट जनरल बालकृष्ण कार्कीले कार्यभार सम्हाल्ने सैनिक निर्देशनालयले जानकारी दिएको छ।
प्रधानसेनापतिको स्वास्थ्य विवरणबारे आधिकारिक केही भनिएको छैन। ‘स्वास्थ्य स्थितिमा केही गम्भीर समस्या नभएको तर त्यसबारेको गोपनीयता तथा निजत्वसँगै संवेदनशीलतालाई ध्यानमा राखी विस्तृत विवरण नखुलाइएको स्रोतले बतायो।
नेपाली सेनाका प्रवक्ता उपरथी सन्तोषबल्लभ पौडेलले आवश्यक परेमा प्रधानसेनापतिको स्वास्थ्य स्थितिबारे उपयुक्त समयमा जानकारी गराइने उल्लेख गर्दै भने- ‘ती विवरणहरु पूर्ण स्वास्थ्य लाभपछिमात्र उपलब्ध हुनेछन्।’