दैलेखमा एमालेले टुंङगो लगायो पालिकामा उम्मेदवार (कहाँ कसको उम्मेद्वार)

कर्णाली अनलाइन १२ बैशाख २०७९, सोमबार ०६:१३

दैलेख।नेकपा एमाले दैलेखले ४ नगरपालिका सहित ७ गाउँपलिकाका प्रमुख उप-प्रमुखका उम्मेद्वारको टुंगो लगाएको छ। नारायण नगरपालिका प्रमुख पदका लागि लोमन शर्मा र उप-प्रमुखका लागि तप्ताकुमारी थापाको उम्मेदवार रहेको छ।

यस्तै दुल्लु नगरपालिकाको प्रमुखमा रुद्रबहादुर शाही र उप-प्रमुखमा रेणुका भट्टराईको उम्मेदवार रहेकोे छ । त्यस्तै आठविस नगरपालिकाको प्रमुखमा तर्क बडुवाल र उप-प्रमुखमा कल्पना थापाको उम्मेद्वार रहेको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाको प्रमुखमा सुर्यबहादुर शाही र उप-प्रमुखमा नन्दा विष्टको उम्मेदवार रहेको छ।

गु्राँस गाँउपालिकाको प्रमुखमा टोपबहादुर बि.सी र उप-प्रमुखमा शिवाकुमारी खड्काको उम्मेदवार रहेको छ ।डुंगेश्वर गाउँपालिकाको प्रमुखमा सुन्दर केसी र उप-प्रमुखमा कलावती न्यौपानेको उम्मेदवार रहेको छ।भगवतीमाई गाउँपालिकाको प्रमुखमा शान्तिप्रसाद शर्मा र उप-प्रमुखमा बशन्ता शाहीको उम्मेदवार रहेको छ।

नौमुले गाउँपालिका प्रमुखमा शंशिराम विंक र उप-प्रमुखमा गिता चन्दलाई उम्मेदवार बनाएको छ। महावु गाउँपालिकाको प्रमुखमा हरिप्रसाद उपाध्याय र उप-प्रमुखमा दुर्गाकुमारी सिंहलाई उम्मेद्वारी बनाएका छन ।ठाँटिकाँध गाउँपालिकाको प्रमुखमा लक्ष्मीदेवी शाह र उप-प्रमुखमा देविराम बडुवालको उम्मेदवार रहेको छ ।भैरवी गाँउपालिकाको प्रमुख र उप-प्रमुखमा आकाक्षि धेरै भएको हुदाँ एमाले केन्द्रीय कार्यालयमा निर्णायार्थ पठाएको एमाले दैलेखले कर्णाली अनलाइनलाई जानकारी दिएको छ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसबाट ललितपुर महानगरको मेयरमा चिरिबाबु महर्जन उम्मेदवार

१२ बैशाख २०७९, सोमबार ०६:१३
काठमाडौं ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसले ललितपुर महानरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई टिकट दिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले ललितपुर महानगरको मेयरमा महर्जनलाई उठाउने निर्णय गरेको हो। ०७४ सालको निर्वाचनमा पनि निर्वाचित भएका थिए। महर्जन २४ हजार ६ सय ४२ मत ल्याएर विजयी […]