जाजरकोटमा हावाहुरीले उडायो घरको छाना

कर्णाली अनलाइन १३ बैशाख २०७९, मंगलवार १२:४५

सुर्खेत।जाजरकोटको छेडागाड–१ मा हावाहुरीबाट घरको छाना उडाएको छ । मंगलबार साँझ साढे ५ बजे आएको हावाहुरीले करिब १५ वटा घर तथा घुम्टी पसलहरूको छाना उडाएको हो ।स्थानीय नारायनप्रसाद आचार्यका अनुसार छेडागाड नगरपालिका–१ को खार बजारमा आएको हावाका कारण १५ वटा घर तथा घुम्टी पसलहरुको छाना उडाएको जानकारी दिए ।

उनका अनुसार हावाहुरी करिब १५ मिनेट जति लागेको थियो । छेडागाड–१ को खार बजारमा रहेका रहेका घरहरुमा जस्ता पाताले छानो छाएको थिए । हावाले छाना उडाए पनि मानवीय क्षती भने कुनै नभएको आचार्यले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र प्रहरीको एआइजीमा राजु अर्याल नियुक्त

१३ बैशाख २०७९, मंगलवार १२:४५
काठमाडौँ।सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा राजु अर्याललाई नियुक्त गरेको छ।गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ। डिआइजी अर्याल वरीयतामा पहिला नम्बरमा थिए। यसैगरी, डिआइजीद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम क्रमशः दोस्रो […]

सम्बन्धित शीर्षक