नेपालगञ्जमा मंगलप्रसाद महिला कलेजको उद्घाटन

कर्णाली अनलाइन ७ बैशाख २०७९, बुधबार ०७:३८

बाँके ।नेपालगञ्जमा मंगलप्रसाद महिला कलेजको उद्घाटन भएकाे छ ।नेपालगञ्ज उपमहानगरपालिकाको विशेष पहलमा स्थापना भएकाे कलेजको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा. यादवराज कोइरालाले गरेका हुन् ।

नेपालगञ्जका मधेसी र मुस्लिम छात्रालाई लक्षित गरेर महिला कलेज बनाइएको हाे । १२ कठ्ठा जमिनमा साढे ५ करोड रुपैयाँ खर्च गरेर ४० कोठे भवन बनाइएकाे छ ।नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले महिला कलेज आत्मनिर्भर नहुँदासम्म नगरपालिकाबाट सहयोग भइरहने जानकारी दिए ।

कलेजको उद्घाटन गर्दै उपकुलपति प्रा डा. काेइरालाले उनले मधेसी र मुस्लिम छात्राले आफ्नै ठाउँमा उच्च शिक्षा पढ्ने सुविधा पाएको बताए ।प्रदेश सांसद आइपी खरेलले महिला कलेजलाई नगरपालिकाले मात्रै नभएर जिल्लावासीले नै अपनत्व लिनु पर्ने बताए ।

महिला कलेजका प्रमुख रविन्द्र कर्णका अनुसार, व्यवस्थापनमा बिबिएस र बिबिए, शिक्षामा बिएड, कानुनमा ५ वर्षे बिए एलएलबी र विज्ञानमा बिसिए र बिआइटी पढाउने तयारी गरिएको छ ।

नेपालगञ्जमा महिला कलेजको सपना पूरा भएको छ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति नै अतिथि भएर आइसकेकाले सम्बन्धन प्राप्त हुनेमा शंका नरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्रमा ७ एसपीलाई कामु एसएसपीको जिम्मेवारी

७ बैशाख २०७९, बुधबार ०७:३८
काठमाडौं।सशस्त्रमा ७ जना एसपीलाई कामु एसएसपीको जिम्मेवारी तोकिएको छ। सशस्त्र प्रहरी बलमा साधारण समूह र प्राविधिक उप–समूहतर्फका ७ जना सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कामु वरिष्ठ उपरीक्षकको जिम्मेवारी तोकिएको हो। गृहमन्त्री बालकृष्ण खाणले ४ वर्षे पदावधि पुरा नभएका कारण कामु जिम्मेवारी दिने निर्णय गरेका हुन्। प्राविधिक समूहको स्वास्थ्यतर्फ डा.मीना कुँवर र सुरेन्द्रमान […]

सम्बन्धित शीर्षक