सशस्त्रमा ७ एसपीलाई कामु एसएसपीको जिम्मेवारी

कर्णाली अनलाइन ७ बैशाख २०७९, बुधबार ०७:४९

काठमाडौं।सशस्त्रमा ७ जना एसपीलाई कामु एसएसपीको जिम्मेवारी तोकिएको छ। सशस्त्र प्रहरी बलमा साधारण समूह र प्राविधिक उप–समूहतर्फका ७ जना सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कामु वरिष्ठ उपरीक्षकको जिम्मेवारी तोकिएको हो। गृहमन्त्री बालकृष्ण खाणले ४ वर्षे पदावधि पुरा नभएका कारण कामु जिम्मेवारी दिने निर्णय गरेका हुन्।

प्राविधिक समूहको स्वास्थ्यतर्फ डा.मीना कुँवर र सुरेन्द्रमान श्रेष्ठलाई कामु एसएसपीको जिम्मेवारी दिइएको छ। सञ्चार तथा इन्जिनियरिङतर्फ प्रमोदकुमार शाहलाई कामु एसएसपीको जिम्मेवारी दिइएको छ।

सशस्त्र प्रहरी प्रवक्ता (डीआईजी) विदुर खड्काका अनुसार साधारण समूहतर्फ उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेनलाई कामु एसएसपीको जिम्मेवारी दिने निर्णय गरिएको छ। कानुनतर्फ युवराज अर्याललाई कामु एसएसपीको जिम्मेवारी दिइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हरेक वर्ष बैशाख ७ मा एमालेले युवा उत्सव मनाउने-अध्यक्ष ओली

७ बैशाख २०७९, बुधबार ०७:४९
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक वर्ष बैशाख ७ गते युवा उत्सव मनाउने घोषणा गरेका छन ।ललितपुरको गोदावरीमा एमालेद्धारा आयोजित’युवासंग म’ कार्यक्रममा उनले हरेक वर्षको बैशाख ७ गते युवा उत्सव मनाउने र युवासँग अन्तरक्रिया गर्ने बताएका हुन । प्रत्येक वर्षको बैशाख ७ गते युवा उत्सवको रुपमा मनाउने छौँ […]