जाजरकोटमा डुबेर दुई बालकको मृत्यु

कर्णाली अनलाइन २७ जेष्ठ २०८०, शनिबार ०९:२०

सुर्खेत। जाजरकोटमा दुई बालकको डुबेर मृत्यु भएको छ। जाजरकोटको भेरी नगरपालिका–१३ का ८ वर्षीय पाण्डप बस्नेत र ९ वर्षीय प्रमोद बस्नेतको मृत्यु भएको हो। उनीहरू शुक्रबार खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेका हुन्। खाजा खाएर दिउँसो ३ बजे परिवारका सदस्यलाई समेत जानकारी नदिई पौडी खेल्न गएका थिए।

बेलुकी पोखरीमा बेहोश अवस्थामा भेटिएका दुबै जनालाई तत्काल नजिकैको अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसी सन्तोष निरौलाले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्यू बुलबुले अटो सेल्सका सञ्चालक भद्र भण्डारी सम्पर्कविहीन

२७ जेष्ठ २०८०, शनिबार ०९:२०
सुर्खेत । न्यू बुलबुले अटो सेल्सका सञ्चालकसमेत रहेका भण्डारी केही दिनदेखि सम्पर्कविहीन भएका छन्।भण्डारी सुर्खेत उद्योग वाणिज्य संघका महासचिव हुन। भण्डारी चढ्ने गाडी सुदूरपश्चिम प्रदेशको इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक टेकराज जोराले  जानकारी दिए। उनकाअनुसार बिहीबार भण्डारीले प्रयोग गर्दै आएको बा १८ च […]