एमाले सुर्खेतले चैत २६ गणतन्त्रको पक्षमा जनजागरण सभा गर्ने, १२ हजार कार्यकर्ता उत्रार्ने दाबि

कर्णाली अनलाइन २४ चैत्र २०८१, आईतवार २१:५४


सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले चैत २६ गते वीरेन्द्रनगरमा जनजागरण सभा गर्ने भएको छ । एमाले सुर्खेतले आज पत्रकार सम्मेलन गदै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनपरिचालन गर्ने उदेश्यले सभाको आयोजना गर्न लागेको छ। सभालाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
एमाले सुर्खेतका अध्यक्ष कुलमणी देवकोटाका अनुसार मंगलगढी चोकबाट ¥याली सुरु भई पिपल चौतारामा जनजागरण सभाको आयोजना गर्न लागिएको छ ।

एमाले कर्णाली प्रदेश संयोजक गोरख बोगटीले भने, ‘राजावादी समूहले राजतन्त्र पुनर्स्थापनाका लागि प्रतिगामी प्रयास गरिरहेको छ । यसबारे जनतालाई सचेत पार्दै उन्नत गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न जनजागरण सभाको आयोजना गरिएको हो ।’

उनका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, स्थायित्व र जनअधिकारको सुदृढीकरणका लागि भन्दै एमालेले देशव्यापी जनजागरण अभियान संचालन गरिरहेको छ ।

सरकारमा रहेरपनि आवश्यक पर्दा सडकमा जानुपर्ने अवस्थालाई आत्मसाथ गर्दै एमालेले प्रतिक्रान्तिकारी गतिविधिहरूलाई परास्त गर्ने सङ्कल्प गरेको उनको भनाइ छ ।

‘नेपाली जनताका लागि कुनैपनि प्रकारको निरंकुशता, पश्चगमन र वंशगत आधारमा सामन्तीतन्त्र स्विकार्य छैन’ एमाले केन्द्रिय सदस्य नवराज रावतले भने, ‘नेपालको संविधान २०७२ जारी भइसकेपछि जनताका हक अधिकारहरू संस्थागत रूपमा कार्यान्वयन भइरहेको अवस्थामा मुलुकमा फेरि देशीविदेशी शक्तिहरूले गणतन्त्र र संविधान विरोधी प्रतिगामी षडयन्त्रहरू गर्न खोजिरहेका छन् । यसप्रकारका अराजकता र मुलुकलाई अस्थिर बनाइराख्ने क्रियाकलापका विरुद्ध जनजागरण अभियानमा जुटिरहेका छौं ।’

करिब १२ हजार जनसमुदायको सभामा सहभागिता रहने एमाले सुर्खेतले जनाएको छ । जागरणसभामा समसामयिक राजनीतिक घटना र यसले सृजना गरेको परिस्थितिका बारेमा एमालेको धारणा बुझ्न र लोकतान्त्रिक गणतन्त्रको पक्षमा ऐक्यबद्धता जनाउन सबै जनसमुदायलाई अपिल गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतको असम प्रहरीसमक्ष दुर्गा प्रसाईंद्वारा आत्मसमर्पण

२४ चैत्र २०८१, आईतवार २१:५४
काठमाडौँ ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको असम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।नेपाल प्रहरीको अनुरोधमा असम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ। असम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको बुझिएको छ।गत चैत १५ गतेको राजसंस्थावादीको आन्दोलनपछि उनी बेपत्ता भएका […]