भारतको असम प्रहरीसमक्ष दुर्गा प्रसाईंद्वारा आत्मसमर्पण

कर्णाली अनलाइन २८ चैत्र २०८१, बिहीबार २२:०१

काठमाडौँ ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको असम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।नेपाल प्रहरीको अनुरोधमा असम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

असम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको बुझिएको छ।गत चैत १५ गतेको राजसंस्थावादीको आन्दोलनपछि उनी बेपत्ता भएका थिए। तर उनले पटक/पटक आफू सुरक्षित रहेको र आफ्नो ज्यान खतरामा रहेको भन्दै भिडियो सन्देश सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

उनले बुधबार मात्र भिडियो सन्देश जारी गर्दै आफ्नो ज्यान खतरामा रहेको भन्दै मानवअधिकारवादी, कानून व्यवसायी तथा पत्रकारहरूको रोहवरमा २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेको बताएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री कँडेलको एक वर्ष: ९५ किलोमिटर सडक कालोपत्रे !

२८ चैत्र २०८१, बिहीबार २२:०१
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले एक वर्षको अवधिमा ९५ किलोमिटर सडक कालोपत्रे भएको विवरण सार्वजनिक गरेका छन् । ०८० चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले बिहीबार पत्रकार सम्मेलन गर्दै एक वर्षे कार्यकालको समीक्षा गरे । तीन हजार दुई सय शब्दको प्रगति विवरण सार्वजनिक गर्दै कँडेलले ९५ किलोमिटर सडक […]