राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावी अभियानमा जुट्दै

जुम्ला संवाददाता २८ चैत्र २०७८, सोमबार १५:४९

जुम्ला।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि देशव्यापी आफनो चुनावी अभियान सुभारम्भ गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाको सदरमुकाम खलंगा बजारस्थित बालमन्दिरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्दीय सह-महामन्त्री धनबहादुर बुढाले राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पक्षमा जनमत बढेको जिकिर गरे । उनले भने त्यसमाथि अहिले राजेन्द्र लिङ्देनको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी गति लिईरहेको छ । यो देशमा धेरै पटक अरु राजनीतिक पार्टीले देश चलाए । उनले एक पटक पाँच वर्षका लागि राप्रपालाई मत दिएर हाम्रा मुद्दा र एजेन्डालाई जनतामाँझ लैजान दिन आग्रह समेत गरे ।

सबै स्थानीय तह वडा देखि महानगरपालिका सम्म सबै पदमा उम्मेदवारी दिने उनले बताए । उनले अघिल्लो चुनावमा प्राप्त मतलाई आधार बनाउन नहुने भन्दै यो पटक पार्टीले राम्रो नतिजा ल्याउने गरी अग्रसर रहेको बताए । राप्रपाको विचार, नीति र सिद्धान्तप्रति आकर्षण बढेको जिकिर गर्दै अहिले हाम्रो संगठनको अवस्था पनि राम्रो रहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाका अध्यक्ष वेदबहादुर शाहीले सोमबादरदेखि ७७ वटै जिल्लामा चुनावी घरदैलो अभियान सुभाराम्भ भएको बताए । उनले भने राप्रपा अहिले तीन वटा मुद्दा बोकेर अगाडी बढेको छ । हिन्दु राजसंस्था, संवैधानिक राजसंस्था र भ्रष्टाचार अन्त्य गर्नुपर्दछ भन्ने मूल राष्ट्रिय प्रजातन्त्र पार्टीका एजेन्डा तथा मुद्दा रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाका नगर अध्यक्ष अनुप थापाले गठवन्धनले देश धरासायीमा परेको आरोप लगाए । उनले भने विकास गछौँ, गठवन्धन भन्दै धेरैवर्ष विताए तर देश उही हालतमा छ । महंगी बढ्दै छ । देशमा बेरोगारी उस्तै छ । अहिलेको चुनावमा पनि गठवन्धनको रटान गरेका छन् । सवै पदलोभि छन् । गठवन्धनमा सम्भावना नदेखिएको उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट दुईजना पक्राउ

२८ चैत्र २०७८, सोमबार १५:४९
जनकपुरधाम।जनकपुरधामबाट दुई युवा अटोमेटिक पेस्तोलसहित पक्राउ परेका छन्।पक्राउ पर्नेमा महोतरीको जलेश्वर नगरपालिका–९ घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय ईन्द्रेश कुमार सिंह र महोतरीको मनरासिसवा नगरपालिका–१ घर भई जनकपुरधाम–८ मा बस्दै आएका १९ वर्षीय लोटस भन्ने अभिषेक कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुवैजनालाई शनिबार […]

सम्बन्धित शीर्षक