माथिल्लो त्रिशुली थ्री ए प्रशारण लाइनमा मान्छे चढेपछि उत्पादन बन्द

कर्णाली अनलाइन २८ जेष्ठ २०७९, शनिबार ११:४८

काठमाडौँ ।नुवाकोटको ककनी नगरपालिकामा एक व्यक्तिले अनौठो हरकत गरेका छन्। उनी करिब ३–४ घण्टादेखि विद्युत प्रशारणलाइनमा झुन्डिएर एक ठाउँबाट अर्को ठाउँ गरिरहेका छन्।ककनी नगरपालिका वडा नं. ७ स्थित बिजुलीको पोलमा एक व्यक्ति चढेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।१३ घलेगाउँका ४४ वर्षीय माइला विक हुन्। उनी मानसिक रूपमा अस्वस्थ रहेको बुझिएको खड्काले बताए।उनी भन्छन्, ‘हामीले उहाँलाई तल झर्न आग्रह र प्रयास गरिरहेका छौँ। उहाँ मान्नुभएको छैन।’

उनका अनुसार ती व्यक्ति बेलकोटगढी नगरपालिका- प्रहरीका अनुसार ती व्यक्तिको परिवार भने सम्पर्कमा आएका छैनन्। बिजुलीको तारबाट झर्न नमानेपछि ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए आयोजनामा विद्युत उत्पादन नै बन्द भएको छ।उनले पोलमा चढेर विद्युत् लाइनहरू चलाउन थालेपछि स्थानीयले प्राधिकरणमा खबर गरेका थिए।

करेन्ट लाग्न सक्ने भएपछि विद्युत् उत्पादन बन्द गरिएको प्राधिकरणले जनाएको छ। त्रिशूली थ्री ए आयोजना बन्द हुँदा काठमाडौँको विद्युत् व्यवस्थापनमा समेत समस्या परेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्युत प्रशारण लाइनमा पुरुष हिँड्दा प्राधिकरणलाई ६० लाख घाटा

२८ जेष्ठ २०७९, शनिबार ११:४८
काठमाडौँ।नुवाकोटको विद्युत प्रशारण लाइनमा एक पुरुष पुगेपछि नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको छ । ५ घण्टा विद्युत उत्पादन बन्द गर्दा सो रुपैयाँ बराबरको घाटा भएको विधुत प्राधिकरणका प्रभक्ता सुरेस बहादुर भट्टराईले जानकारी दिए । उनलाई तल झार्न दिनभर प्रयास गर्दा पनि सफल भएको छैनौँ । विद्युत […]