ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक्न परमादेश

कर्णाली अनलाइन ७ बैशाख २०७९, बुधबार १६:३७

काठमाडाैं।सर्वोच्च अदालतको संवैधानिक इजलासले  प्राकृतिक स्रोत दोहन गरी ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक लगाउन सरकारका नाममा परमादेश गरेको छ।कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले आज उक्त परमादेश गरेको हो।

परमादेशमा भनिएको छ, “प्राकृतिक स्रोतको दोहन गरी गिट्टी, ढुङ्गा, बालुवा आदि निकासी गर्ने कार्य सम्बन्धमा संविधानको भावना र मर्म अनुकूल हुने गरी विधायिकाद्वारा निर्मित कानुनले अन्यथा व्यवस्था नगरेसम्म सो अनुसारको निकासी गर्ने गराउने कार्य नगर्नू/नगराउनू।” अदालतको आदेशसँगै सरकारले कानुन बनाएर मात्र ढुङ्गा–गिट्टी निकास गर्न पाउनेछ।

अदालतले वातावरण संरक्षणको प्रभावकारी व्यवस्था मिलाउन र प्राकृतिक स्रोत साधनको प्रयोगका लागि नीतिगत पुनरावलोकन गर्नु तथा वातावरण संरक्षणको सन्दर्भमा प्रभावकारी संयन्त्र निर्माण गर्नसमेत भनेको छ।शैलेन्द्र प्रसाद अम्वेडकर सहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए। सोही निवेदनमा उक्त परमादेश भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

 विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस आज नेपाल आउने

७ बैशाख २०७९, बुधबार १६:३७
काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज  नेपाल आउने भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी आज दिउाँसो १२ः२५ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रलायले जनाएको छ। तीन दिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट […]