नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाजमा खरायो ठोक्कियो

कर्णाली अनलाइन २२ चैत्र २०७८, मंगलवार ०८:०३

काठमाडाैँ । नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौँबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो ।

जहाजमा खरायो ठोक्किएपछि केहीबेर उडान रोकिएको थियो । बुद्ध एयर, नेपालगञ्जका व्यवस्थापक विनित शाहले जहाज ल्यान्ड हुने क्रममा खरायो ठोक्किएको बताए । जहाजमा ठोक्किएको खरायो भने मरेको छ ।

नेपालगञ्ज विमानस्थलमा यसअघि पटक-पटक जहाजमा बँदेल ठोक्किएको थियो। बँदेल ठोक्किने क्रम बढेपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाइ गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उदयपुरमा एक छात्राको विभत्स हत्या

२२ चैत्र २०७८, मंगलवार ०८:०३
उदयपुर।जिल्लाको बेलका नगरपालिका-३ मा एक छात्राको हत्या भएको छ ।कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा खोलामा हत्या भएको हो ।उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र […]