प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटारमा: के भयो एमसीसीको विषयमा माओवादी संसदलीय दलको निर्णय

कर्णाली अनलाइन ४ फाल्गुन २०७८, बुधबार ०६:४२

काठमाडौँ ।संसदीय दलको बैठक सकेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन् ।माओवादी संसदीय दलको बैठकले एमसिसीको विपक्षमा उभिने निर्णय गरेको छ । जबरजस्ती पारित गरिएमा सरकार नै छाड्ने निर्णय माओवादीले लिएको हो ।

संसदीय दलको सोही निर्णय जानकारी गराउन प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न सरकारी निवास बालुवाटार गएका हुन् ।प्रधानमन्त्री देउवा कुनै पनि हालतमा एमसिसी पारित गर्ने पक्षमा देखिएका छन् । तर गठबन्धन भित्र भने सहमति जुटेको छैन।बुधबारको संसद बैठकमा एमसिसी पेश हुने सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाजवादी प्रेस संगठन दैलेखको अध्यक्षमा सिजापती सर्वसम्मत चयन

४ फाल्गुन २०७८, बुधबार ०६:४२
दैलेख। समाजवादी प्रेस संगठन नेपाल दैलेखको अध्यक्षमा भिमबहादुर सिजापती चयन भएका छन। बुधबार भएको संगठनको पहिलो भेलाले सिजापतीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै उपाध्यक्षमा कृष्ण दैलेखी र कमला वि.क चयन भएका छन। यस्तै सचिवमा पृथ बयलकोटी ,सह–सचिवमा दान बहादुर खत्री,टोपेन्द्र सुनार,र कोषा–अध्यक्षमा सुरेन्द्र शाही सर्वसम्मत चयन भएका छन […]

सम्बन्धित शीर्षक