ओलीको आग्रह : सबैलाई न्याय गर्न सकिएन, चित्त नदुखाउनुस्

कर्णाली अनलाइन २९ मंसिर २०७८, बुधबार ०८:५८

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनबाट देशलाई ठूलो सन्देश दिएको बताएका छन्। बुधवार ललितपुरमा आयोजित मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा ओलीले महाधिवेशनबाट विचार प्रवाह भएको दाबी गरे।

‘हामीले महाधिवेशनबाट ठूलो विचार प्रवाह गरेका छौं। देशलाई नै सन्देश दिएका छौं,’ उनले भनेका छन्, ‘अत्यन्तै प्रशोधित रुपमा हाम्रा विचार कार्यान्वयन गर्छौं। बरु गाडीको ब्रेक फेल हुन्छ, तर एमालेको विचारको ब्रेक फेल हुँदैन। हामी विचारमा बलिया र अगाडि पनि छौं।’

ओलीले पार्टीका असन्तुष्ट नेताहरूलाई छाती फराकिलो बनाउन आग्रह पनि गरे। आफूहरूको काम देश बनाउने भएकोले यो पटक छुटेका र असन्तुष्ट नेताहरूलाई सानो मन नबनाउन र चित्त नदुखाउन उनले आग्रह गरे। ओलीले कतिपयलाई न्याय गर्न नसकिएको पनि हुन सक्ने बताए। ‘न्याय कतै नभएको पनि हुनसक्छ। उस्तै उस्ता ठानिएकोमा कतै सूचना नपुगेको, न्यायको विन्दुमा नपुगेको पनि हुनसक्छ,’ उनले भने।

हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटीमा मनोनीत गर्दा, पोलिटब्युरो गठन र कार्य विभाजनमा कतिपय नेताहरूले असन्तुष्टि जनाएका थिए। ‘सबैलाई चित्त त कसरी बुझाउन सकिन्छ र ? मलाई थाहा छ असन्तुष्टि छ,’ उनले भने, ‘हामी सकेसम्म मिलाएर अघि बढ्न तयार छौं। सबैको चित्त बुझाउन सकिएन। यो कुरा म स्वीकार्छु।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाँच वर्षपछि पुन:मतगणना:खाडाचक्र न.पा.-७ का वडाध्यक्ष रजबहादुर मल्ल पुन विजयी

२९ मंसिर २०७८, बुधबार ०८:५८
कालिकोट।जिल्लाको खाँडाचक्र नगरपालिका–७ को वडाध्यक्षमा बुधबार पुनःमत गणना हुँदा एक मतको अन्तरले पुन नेकपा(एमाले) का उम्मेदवार रजबहादुर मल्ल बिजयी  भएका छन । वडाध्यक्षका प्रत्यासी माओवादी केन्द्रका उम्मेदवार दिपक कार्कीले २०७४ जेठ ५ गते भएको मत गणना चित्त नबुझेको भन्दै अदालतमा उजुरी दिएका थिए ।जिल्ला अदालत कालिकोटले सोही मत गणनालाई सदर […]

सम्बन्धित शीर्षक