एसईईको ग्रेडवृद्धि अर्थात पूरक परीक्षा भदाै ११ र १२ गते

कर्णाली अनलाइन १५ श्रावण २०७९, आईतवार १२:४०

काठमाण्डाै । एसईईको ग्रेडवृद्धि अर्थात पूरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ ।‘सी’ वा ‘सी’ भन्दा कम ग्रेड प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्मको परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस्तै, बढीमा दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थी पनि ग्रेडवृद्धि परीक्षा सहभागी हुन पाउने छन् । परीक्षाफल रद्द भएका विद्यार्थी भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन नपाइने बोर्डले जनाएको छ ।

२०७८ सालको एसईई परीक्षामा ‘सी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या १ लाख १ हजार ४३ छ । यस्तै ‘डी प्लस’ ल्याउने ३५ हजार ५ सय ८४ र ‘डी’ ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनार्दन शर्माले पुन अर्थमन्त्रीमा सपथ लिदैँ

१५ श्रावण २०७९, आईतवार १२:४०
काठमाडौँ।नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन्। स्रोतका अनुसार शर्माको सपथको तयारी भइरहेको छ। पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन्। प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिनेछन्। आर्थिक […]