इन्टरनेट सेवाप्रदायकको लाइन काटिएकोमा कम्युटर एसोसिएसनको आपत्ति

कर्णाली अनलाइन २२ पुष २०७९, शुक्रबार १२:११

काठमाडौं ।पछिल्ला केही दिनमा देशका विभिन्न ठाउँमा इन्टरनेट सेवाप्रदायकको विद्युत लाइन काटिएको सन्दर्भमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को गम्भीर  ध्यानाकर्षण भएको जनाएको छc

इन्टरनेट अहिले राज्यको अत्यावश्यक सेवा र मानव अधिकारको रूपमा स्थापित भइसकेको सन्दर्भमा जुनसुकै बहानामा सेवा बन्द हुनु वा बन्द गराउनु गम्भीर विषय रहेको महासंघले जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै महासंघले यसबाट सामान्य नागरिकदेखि सार्वजनिक संघसंस्था, उद्योग व्यवसाय तथा सरकार समेतलाई प्रत्यक्ष असर पुग्ने भएकाले सम्बन्धित निकायहरूले यो जटिल परिस्थितिलाई समयमै नियन्त्रण र व्यवस्थापन गर्ने जिम्मेवारी लिनुपर्ने जनाएको छ।

‘ नेपाल विद्युत प्राधिकरणको पोलभाडा सम्बन्धमा देखिएको विवाद समाधानका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) लगायतका सरोकारवालाबीच तत्काल साझा समझदारी बनाउन क्यान महासंघ हार्दिक अनुरोध गर्दछ।

​उपभोक्तासँग प्रत्यक्ष जोडिएको विषय  भएकाले राज्य र मातहतका निकायबीच तत्काल समन्वय गरी आवश्यक निर्णयरनिर्देशन दिई भविष्यमा पुनः यस्ता जटिलता नआउने गरी इन्टरनेट सेवा प्रवाहलाई सहज बनाउन यथाशीघ्र स्पष्ट नीति र निर्देशन तर्जुमा गर्न पनि क्यान महासंघ विशेष अनुरोध गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ।रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मर्जरपछि ग्लोबल आइएमईको बैंकिङ कारोबार दुई दिन बन्द

२२ पुष २०७९, शुक्रबार १२:११
काठमाडौँ । ग्लोबल आइएमई बैंकको बैंकिङ कारोबार दुई दिन बन्द हुने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने भएको छ । यसअघि दुबै बैंकका साधारण सभाबाट मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल […]