अग्नी पीडितलाई राहत घोषणा गरेको २४ घण्टामै गमगढी पुगे मुख्यमन्त्री शाही

कर्णाली अनलाइन १ मंसिर २०७८, बुधबार ०३:४१

सुर्खेत । गमगढीका अग्नी पीडितलाई राहत प्याकेज घाेषणा गरेका २४ घण्टामै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही मुगु प्रस्थान गरेका छन् । अग्नी पीडितका लागि त्रिपाल, कम्बोल र खाद्यन्न सामग्रीहरु लिएर शाही सहितको टोली आज मुगु सदरमुकाम गमगढी प्रस्थान गरेको हो ।

मुख्यमन्त्री शाहीसँगै नव नियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, प्रमुख सचिव राजकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव झक्कप्रसाद आचार्य र सांसद झोवा विकको टोली मुगु प्रस्थान गरेको छ । शाहीले गमगढी पुगेर अग्नी पीडितहरूकाे क्षतीकाे अवस्था बुझ्ने र तत्काल लागि लिइएकाे राहत सामग्री हस्तारण गर्ने कार्यतालिका छ ।

मुख्यमन्त्री शाहीले तत्काल आवश्यक पर्न सामग्री सहयाेग गर्ने र अग्नी पीडितका लागि थप सहयाेग प्रदान गरिने बताएका छन् । मंगलबार विहान मुगु सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागीहुँदा १७ घर र तीन घुम्टी पसल जलेका थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अख्तियारद्धारा कर्णाली सरकारलाई ६० सुझाव

१ मंसिर २०७८, बुधबार ०३:४१
सु्र्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ  वार्षिक प्रतिवेदन कर्णाली प्रदेश प्रमुख समक्ष पेस गरिएको छ । प्रतिवेदनका अनुसार सबैभन्दा बढी स्थानीय तहका र शिक्षासँग सम्बन्धित उजुरी रहेका छन् । आयोगको सुर्खेत कार्यालयले प्रदेश प्रमुख तिलक परियारलाई वार्षिक प्रतिवेदन बुझाएको हो । आयोगका सुर्खेत कार्यालयका निमित्त प्रमुख भेषराज रिजालले आर्थिक […]